संसदमा बोल्ने समयबारे सांसद हर्क साम्पाङ असन्तुष्ट

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा बैठकमा बोल्न कम समय दिइएको भन्दै असन्तुष्टि जनाएका छन् । सांसद साम्पाङले आफूलाई पर्याप्त समय नदिइएकोप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।

आज दिउँसो २ बजे बस्ने प्रतिनिधि सभा बैठकमा शीर्ष नेताहरूलाई बोल्ने कार्यसूची तय गरिएको छ । तर, साम्पाङले आफूलाई मात्र सात मिनेट बोल्न समय दिइने खबर आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो, सात मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ।”

साम्पाङले देशको स्वाधीनता, सम्प्रभुता तथा नेपाली जनताको पीडा, व्यथा र विकासको आकांक्षाबारे विस्तृत रूपमा संसदमा बोल्न चाहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =