एमाले पार्टी कसैको निजी क्लब होइनः सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलको नेता चयन प्रक्रियाप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले उक्त प्रक्रियाले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर र संकुचित बन्दै गएको स्पष्ट पारेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पाण्डेले एक सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थकसमेत नपाउने अवस्था सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय भएको उल्लेख गरेका छन् ।

उनले नेतृत्वप्रति संकेत गर्दै “म नै पार्टी र पार्टी नै म” भन्ने मानसिकता हावी हुँदा सुधारको ढोका बन्द हुने चेतावनी दिएका छन् । निर्वाचनमा भएको गम्भीर पराजयलाई समेत सामान्य रूपमा लिने प्रवृत्तिले संगठनलाई गतिशील बनाउनेभन्दा अधोगतितर्फ धकेल्ने उनको भनाइ छ ।

पाण्डेले वर्तमान अवस्थामा पार्टी ९ सिटमा खुम्चिएको उल्लेख गर्दै अब पनि आत्मसमिक्षा नगरे भविष्य झन् जटिल हुने बताएका छन् । उनले पुरानो ढर्रा र गुटगत राजनीति त्यागेर पार्टीलाई आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र आवश्यक रहेको जोड दिएका छन् । ‘९ सिटमा खुम्चिएको आजको अवस्थामा पनि चेत नखुल्यो भने कहिले खुल्ने? अब स्पष्ट छ – पुरानो ढर्रा र गुटगत घेराबन्दीले अबको एमाले चल्दैन। पार्टीलाई कसैको ‘निजी क्लब’ होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य छ’उनले भने ।

पाण्डेको स्टाटस

संसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र कति कमजोर र संकुचित भइसकेको छ भन्ने स्पष्ट पारेको छ। एउटा सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउने वातावरण सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय हो।

जब नेतृत्व “म नै पार्टी र पार्टी नै म” भन्ने भ्रममा बाँच्छ र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ। यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्छ।
९ सिटमा खुम्चिएको आजको अवस्थामा पनि चेत नखुल्यो भने कहिले खुल्ने? अब स्पष्ट छ – पुरानो ढर्रा र गुटगत घेराबन्दीले अबको एमाले चल्दैन। पार्टीलाई कसैको ‘निजी क्लब’ होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य छ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =