सरकारलाई हर्क साम्पाङको सुझाव- ‘वृद्ध भत्ता ७० वर्ष मै उचित, सामाजिक सुरक्षाका सेवा कटौती होइन थप्नु पर्छ’
२०८२ चैत १७ गते

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले वृद्ध भत्ता ७० वर्ष मै कायम राख्न उचित हुने बताएका छन् ।
मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले वृद्ध भत्ता ७५ वर्षमा पुर्याउनु राम्रो नहुने बताएका हुन् ।
उनले लेखेका छन् ‘वृद्ध भत्ता ७० वर्ष मै कायम राख्न उचित हुन्छ ! ७५ पुराउनु राम्रो हुन्न ! यस्ता सामाजिक सुरक्षाका सेवासुबिधा कटौती होइन थप्नु पर्छ!’
अध्यक्ष राईले यस्ता सामाजिक सुरक्षाका सेवासुबिधा कटौती होइन थप्नु पर्छ भनेर सरकारलाई सुझाव दिएका छन् ।
२०८२ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित









