कांग्रेस एकताका लागि प्रदीप पौडेलको अपिल– ‘छिन्नभिन्न भएर बिग्रनु हुँदैन’
२०८२ चैत १७ गते

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकताका पक्षमा उभिँदै सबै नेता तथा कार्यकर्तालाई एकजुट हुन अपिल गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले वर्तमान प्रतिकूल परिस्थितिमा पार्टी छिन्नभिन्न हुन नहुने बताएका छन् । देशका विभिन्न संकटका घडीमा नेपाली कांग्रेस सधैं एकजुट भएर अघि बढेको स्मरण गराउँदै उनले एकताकै बलमा विगतमा ऐतिहासिक परिवर्तनहरू सम्भव भएको उल्लेख गरेका छन् ।
‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ उनले भनेका छन्, ‘म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ता भएर भन्दैछु— हामी सबै एकजुट होऔं !’
महामन्त्री पौडेलले पार्टीभित्र एकतामै शक्ति निहित रहेको उल्लेख गर्दै यही एकताका आधारमा पुनः उज्यालो भविष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
२०८२ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित









