मण्डला थिएटरमा नाटक ‘अतिरञ्जनको मनोरञ्जन’ मञ्चन हुँदै

काठमाडौं । मण्डला थिएटर नेपालमा नाटक ‘अतिरञ्जन को मनोरञ्जन’ मञ्चन हुने भएको छ । यही चैत १८ गतेदेखि बैशाख १३ गतेसम्म नियमित रूपमा मञ्चन हुने यस नाटकले समसामयिक विषयवस्तुलाई कलात्मक ढंगले उठान गर्ने तयारी गरेको छ ।

संयोग गुरागाईंको लेखन अनि सागर खाती कामीको निर्देशन तथा कथामा तयार गरिएको यस नाटकले मनोरञ्जनको सीमाभन्दा बाहिर गएर समाजमा देखिने अतिरञ्जन र त्यसका प्रभावमाथि प्रश्न उठाउने प्रयास गरेको छ  ।

शीर्षकअनुसार नै ‘अति’ कहिले ‘अति’ हुन्छ भन्ने जटिल प्रश्नलाई केन्द्रमा राख्दै नाटकले दर्शकलाई सोच्न र आत्ममूल्यांकन गर्न प्रेरित गर्ने विश्वास लिइएको छ । नाटकमा मनोरञ्जन र यथार्थबीचको सन्तुलन, सत्यको खोजी र मानवीय निर्णयका आयामलाई प्रस्तुत गरिने जनाइएको छ ।

नाटकमा , मनोरञ्जनले सीमा नाघ्दा त्यसमा कति सत्य बाँकी रहन्छ भन्ने विषयलाई गहिरो ढंगले उजागर गरिनेछ । नाटक हरेक दिन साँझ ५:३० बजे मञ्चन हुनेछ भने शनिबारका दिन दुई शो, दिउँसो १:३० बजे र साँझ ५:३० बजे मञ्चन  गरिने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =