एकान्तकुना यातायात कार्यालयबाट १५ बिचौलिया पक्राउ

काठमाडौं । ललितपुरको एकान्तकुना स्थित यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरप्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाले सेवाग्राहीलाई हैरानी दिने तथा अनावश्यक दुःख दिने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ‘फास्ट ट्रयाक’ मा काम गरिदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने गुनासो बढेपछि विशेष अपरेशन सञ्चालन गरिएको थियो ।

पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त सातदोबाटो मा राखेर थप अनुसन्धान अघि बढाइएको छ । परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =