ओलीको बन्दी प्रत्यक्षीकरण रिट पोखरेलको इजलासमा, लेखकको रिट रेग्मीले हेर्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सोमबार सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका अनुसार दुवै नेताको सुनुवाइ छुट्टाछुट्टै इजलासमा हुनेछ । ओलीको रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा तथा लेखकको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा पेश हुने तय भएको छ ।

ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले रिट निवेदन दायर गरेकी थिइन् भने लेखकका पक्षबाट उनकी पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा निवेदन पेस गरेकी हुन् ।

प्रहरीले दुवैलाई गत शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित कसुरमा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

पक्राउ परेका ओली उपचारका लागि टिचिङ अस्पतालमा भर्ना भएका कारण प्रहरीले आइतबार भर्चुअल माध्यमबाट काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरेको थियो । लेखक भने स्वयं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

जिल्ला अदालतले दुवैलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + ten =