रवि लामिछानेविरुद्धको अभियोगपत्र संशोधन मुद्दामा सुनुवाइ जारी 

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा सुनुवाइ जारी छ ।

सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दा आज पनि सर्वोच्च अदालतमा पेसी चढेको हो ।

स्रोतका अनुसार, दुईतर्फी बयान सकिइसकेको अवस्थामा फेरि मुद्दा लम्ब्याउने कारण नहुँदा सम्भवतः आजै कुनै फैसला सुनाइने तयारी छ ।

मुद्दा न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको बेञ्चमा विचाराधीन छ । अधिवक्ता दिनेश त्रिपाठी, आभास रेग्मी र युवराज पौडेलसहितका पक्षले अभियोग संशोधन प्रचलित कानूनविपरीत भएको भन्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =