ओली पक्राउविरुद्ध प्रदर्शनमा उत्रिदा पक्राउ परेका ६ जना छुटे
२०८२ चैत १५ गते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिदा पक्राउ परेकामध्ये ६ जना छुटेका छन् ।
शनिबार पक्राउ परेकामध्ये ६ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
शनिबारको प्रदर्शनमा प्रहरीले जम्मा ७ जनालाई पक्राउ गरेको थियो । तीमध्ये एक जना फरार प्रतिवादी रहेको खुलेको छ । उनलाई भने हिरासतमै राखिएको एसपी भट्टराईले बताए ।
२०८२ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित









