मेक्सिकोमा हराएका १ लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित ?

एजेन्सी । मेक्सिको सरकारले मार्च २८ मा नयाँ प्रतिवेदन जारी गर्दै एक लाख ३० हजार हराएका व्यक्तिहरूमध्ये करिब ४० हजार ३६७ जनामा अझै जीवित हुने सङ्केत भेटिएको जनाएको छ ।

सरकारले भ्याक्सिनेशन अभिलेख, जन्मरविवाह दर्ता, कर अभिलेखजस्ता स्रोतहरूसँग मिलाएर ती व्यक्तिहरूको गतिविधि पत्ता लगाएको बताएको छ भने पाँच हजार २६९ जनालाई फेला पारेर ‘फेला परेका’ भनेर मार्क गरिएको छ ।

सुरक्षा अधिकारी मार्केला फिगुएरोआले कतिपय हराउने घटनालाई ‘स्वैच्छिक अनुपस्थिति’ को रूपमा व्याख्या गरेका छन् । तर खोजी समूहका अगुवा हेक्तोर फ्लोरेसले सरकारले तथ्याङ्कलाई भ्रामक ढङ्गले प्रस्तुत गरेको र वास्तविक समस्या लुकाउने प्रयास गरेको आरोप लगाएका छन् ।

प्रतिवेदन अनुसार करिब ४६ हजार (३६ प्रतिशत) हराएका व्यक्तिहरूको अभिलेख अपूर्ण छ र ४३ हजार १२८ (३३ प्रतिशत) का नाममा कुनै गतिविधि छैन, जसमा १० प्रतिशत भन्दा कम मात्र आपराधिक अनुसन्धानमा छन् ।

मेक्सिकोमा हराउने घटनाहरू कर्तेल हिंसा र द्वन्द्वसँग जोडिएका छन्, कतिपय अवस्थामा राज्य निकायको संलग्नता समेत देखिएको छ । मानवअधिकार समूहहरूले भने सरकारले आफ्नो जिम्मेवारी कम गरेको र पारिवारिक खोजीलाई अझ कठिन बनाएको बताएका छन्, जसले परिवारहरूलाई आफैं खोजी गर्न बाध्य बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =