खार्ग टापु कब्जा गरे निरन्तर र निर्मम आक्रमण गर्ने इरानको चेतावनी
२०८२ चैत १२ गते

तेहरान । खाडी क्षेत्रमा अमेरिकी सेनाको ठुलो परिचालन र इरानी टापुहरूमा सम्भावित कब्जाको सूचनाले पश्चिम एसियामा थप भीषण युद्धको बादल मडारिन थालेको छ ।
इरानका वरिष्ठ अधिकारीहरूले आफ्ना शत्रुहरूले कुनै क्षेत्रीय देशको सहयोगमा इरानी टापु कब्जा गर्ने योजना बनाएको दाबी गर्दै त्यस्तो प्रयास गरिए सम्बन्धित देशको ‘महत्त्वपूर्ण पूर्वाधार’ माथि निरन्तर र निर्मम आक्रमण गर्ने चेतावनी दिएका छन् ।
इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिँदै इरानी सेनाले शत्रुको हरेक गतिविधिलाई नजिकबाट नियालिरहेको बताएका छन् । उनले कुनै पनि क्षेत्रीय शक्तिले इरान विरुद्धको सैन्य अभियानमा सहयोग गरेमा त्यसको मूल्य भयानक हुने स्पष्ट पारेका छन् ।
२०८२ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित









