चिसो मरुभूमि मुस्ताङ: खुला आकाशमुनि फैलिएको अद्भुत भू–दृश्य (तस्बिरहरू)
जहाँ शुष्क भू–भाग, हावाले कुँदिएका पहाड र फराकिला उपत्यकाले अद्वितीय दृश्य रचना गर्छन्

काठमाडौँ । हिमालपारिको जिल्ला मुस्ताङ ‘चिसो मरुभूमि’का रूपमा परिचित छ, जहाँ शुष्क भू–भाग, हावाले कुँदिएका पहाड र फराकिला उपत्यकाले अद्वितीय दृश्य रचना गर्छन्। समुद्री सतहदेखि करिब २,५०० मिटरदेखि ४,००० मिटरभन्दा माथिसम्म फैलिएको उचाइले यहाँको आकाश झन् नजिक र खुला महसुस हुन्छ।
पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै मुस्ताङमा आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। यात्रा सहज बन्दै जाँदा पहिले दुर्गम मानिने यो भूभाग अहिले धेरैका लागि सहज पहुँचको आकर्षक गन्तव्य बनेको छ।
मुस्ताङको भू–दृश्यसँगै वरिपरि उभिएका हिमशृङ्खलाहरूले यसको सौन्दर्य अझै भव्य बनाउँछन्। नीलो आकाशमुनि देखिने सेताम्मे हिमाल, खोँच र खोँचाबीच फैलिएका बन्जर पहाड र प्राकृतिक बनावटले यहाँको प्रत्येक फ्रेमलाई जीवित चित्रझैँ बनाइदिन्छ।
चिसो हावा, विरल वनस्पति र उच्च भू–भागबिच पनि जीवन र प्रकृतिको सन्तुलन झल्काउने मुस्ताङका दृश्यहरू केवल दृश्य सौन्दर्य मात्र होइन, कठोर परिवेशभित्रको जीवनशैली र प्रकृतिसँगको सहअस्तित्वको कथा पनि हुन्।
तस्बिरहरू:-









