एफएनसीसीआई निर्वाचन : अञ्जनले घोषणा गरे प्यानल, को–को बने उम्मेदवार ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को चुनावका लागि अञ्जन श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरूको प्यानल घोषणा भएको छ । चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारणसभामा नयाँ टिमका लागि साेमबार वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफ्नो टिम घोषणा गरेका हुन् ।

गत फागुन २१ गते वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा नयाँ टिम घोषणा भएको थियो । सो समूहले अबको साधारणसभाबाट स्वतः अध्यक्ष बन्ने अञ्जन श्रेष्ठको नेतृत्वमा बन्ने टीम भनेर घोषणा गरेको हो ।

यो समूहले नयाँ प्यानल घोषणा गर्दा वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गरेको छैन । रामचन्द्र संघई र सुरकृष्ण वैद्यमध्ये कसलाई अगाडि सार्ने भन्ने विषयमा सहमति नजुटेका कारण अञ्जन समूहले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार घोषणा नगरेको हो ।

यस समूहबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्लानगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा उम्मेदवारी घोषणा गरेका छन् ।

यी हुन् उम्मेदवार :

वस्तुगततर्फका उम्मेदवार

शिवप्रसाद घिमिरे, उपाध्यक्ष

सदस्यका उम्मेदवारहरूः

नेपाल आइसक्रिम उद्योग– अरनीकोराज भण्डारी
नेपाल दाना उत्पादक संघ– रबिन पुरी
नेपाल कुचो संघ– राजकुमार कार्की
नेपाल बिउ व्यवसायी संघ– बसन्त चन्द्र मरहट्टा
नेपाल सिमेन्ट उद्योग संघ– रघुनन्दन मारु
नेपाल कृषि मेशिनरी व्यवसायी संघ– सुनिता नेहाफुकि
नेपाल प्लाइउड उत्पादक संघ– होम प्रसाद घिमिरे
नेपाल पश्मिना उद्योग संघ– धन प्रसाद लामिछाने
नेपाल धितोपत्र दलाल संघ– धर्मराज सापकोटा
रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल– संघर्ष विष्ट
फ्लोरिकल्चर एशोसिएसन नेपाल–राजेश भक्त श्रेष्ठ
जुत्ता उत्पादक संघ– नानीराज घिमिरे
नेपाल वायो ग्यास प्रवद्र्धक संघ– यप बहादुर थापा मगर
ढुवानी व्यवसायी महासंघ नेपाल– विश्वनाथ खनाल
नेपाल इट्टा उद्योग संघ– कृष्ण प्रसाद अवाले
नेपाल बोटल एण्ड वाटर इण्डष्ट्रिज एशोसिएसन– ध्रुव बहादुर गौतम

जिल्लारनगरतर्फ

उपाध्यक्षहरू

१. दिलसुन्दर श्रेष्ठ
२. कृष्णप्रसाद शर्मा

सदस्यहरू

१. कोशी प्रदेश– नवीन रिजाल
२. बागमती प्रदेश– बेदबहादुर श्रेष्ठ
३. गण्डकी प्रदेश–नवराज सुवेदी
४. लुम्बिनी प्रदेश–ठाकु श्रेष्ठ

एसोसिएट तर्फका उम्मेदवार

प्रवलजंग पाण्डे, उपाध्यक्ष

सदस्यहरू

अविज्ञा मल्ल
अम्बिका प्रसाद पौडेल
बाबुकाजी कार्की
हेमन्त गोल्छा
इश्वर जीसी
जुना माथेमा
कृष्णलाल महर्जन
निकोलश पाण्डे
प्रियराज रेग्मी
राजेश कुमार अग्रवाल
ऋषी अग्रवाल चैनावाल
आरएस भण्डारी
शक्ति कुमार बेगानी
सुशील थापा
सुयस प्याकुरेल
उज्वल कुमार श्रेष्ठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =