डलर र युरोको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ ६४ पैसा र बिक्री दर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ १२ पैसा र बिक्री दर १७३ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०० रुपैयाँ ३८ पैसा र बिक्री दर २०१ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १९० रुपैयाँ ०१ पैसा र बिक्री दर १९० रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०५ रुपैयाँ ८९ पैसा र बिक्री दर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ०४ पैसा र बिक्री   दर १०९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ०१ पैसा र बिक्री दर ११७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४३ पैसा र बिक्री दर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ७३ पैसा र बिक्री दर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ८५ पैसा र बिक्री दर ४० रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ९४ पैसा र बिक्री दर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५८ पैसा र बिक्री दर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिद दर ४० रुपैयाँ ७४ पैसा र बिक्री दर ४० रुपैयाँ ९१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ९८ पैसा र बिक्री दर ३८ रुपैयाँ १४ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १६ रुपैयाँ ०७ पैसा र बिक्री दर १६ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ १७ पैसा र बिक्री दर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिद दर ४८८ रुपैयाँ ०६ पैसा र बिक्री दर ४९० रुपैयाँ ०२ पैसा, बहराइन दिनार एकको खरिद दर ३९६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३९७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिद दर ३८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ३९० रुपैयाँ २३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 2 =