नगरकोट जाने बाटोमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ
२०८२ चैत ५ गते

काठमाडौं । नगरकोट जाने बाटोमा दुई जना भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।
कार्यालयका अनुसार पक्राउ पर्नेमा चागुनारायण नगरपालिका–६ निवासी ४१ वर्षीय गणेशबहादुर तामाङ रहेका छन् ।
केही दिनअघि नगरकोट जाने बाटोमै तामाङले दुई युवक भ्लगरमाथि कुटपिट गरेका थिए । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
सोही क्रममा बिहीबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
२०८२ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








