सुनचाँदीको मूल्यमा उच्च गिरावट, एकैदिन २२ सयले घट्यो
२०८२ चैत ४ गते

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, सुनको भाउमा प्रतितोला दुई हजार दुई सय रुपैयाँको उच्च कमी देखिएको हो ।
महासंघका अनुसार, मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ८ सय ५ रुपैयाँ तोकिएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा खरिद-बिक्री भएको चाँदी बुधबार १८५ रुपैयाँले घटेको हो । नयाँ मूल्य अनुसार चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
२०८२ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित









