यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १४७ रुपैयाँ ५८ पैसा र बिक्री दर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १९५ रुपैयाँ ८२ पैसा र बिक्री दर १९६ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १८७ रुपैयाँ २७ पैसा र बिक्री दर १८८ रुपैयाँ ०३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ ०४ पैसा र बिक्री दर १०४ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ८५ पैसा र बिक्री दर १०८ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११५ रुपैयाँ ३८ पैसा र बिक्री दर ११५ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ २७ पैसा र बिक्री दर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ४० पैसा र बिक्री दर २१ रुपैयाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ३३ पैसा र बिक्री दर ३९ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ३८ पैसा र बिक्री दर ४० रुपैयाँ ५४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५५ पैसा र बिक्री दर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिद दर ४० रुपैयाँ १८ पैसा र बिक्री दर ४० रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ५५ पैसा र बिक्री दर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिद दर ०९ रुपैयाँ ८९ पैसा र बिक्री दर ०९ रुपैयाँ ९३ पैसा , स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ७४ पैसा र बिक्री दर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ ६६ पैसा र बिक्री दर २२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिद दर ४८० रुपैयाँ ७२ पैसा र बिक्री दर ४८२ रुपैयाँ ६७ पैसा, बहराइन दिनार एकको खरिद दर ३९० रुपैयाँ ९४ पैसा र बिक्री दर ३९२ रुपैयाँ ५३ पैसा, ओमनी रियाल एकको खरिद दर ३८३ रुपैयाँ ३२ पैसा र बिक्री दर ३८४ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =