थिङ फोर ए नेपाली बजारमा, सुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस

काठमाडौँ । नथिङले आफ्नो प्रिमियम स्मार्टफोन सेरिज नथिङ फोन फोर ए सेरिज हालै विश्व बजारमा ल्याएको छ ।

टेक इन्थ्युजियास्टहरुले निक्कै मन पराएको ब्राण्ड नथिङलाई नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सिजी मोबाईल्सले आयात तथा बिक्री वितरण गर्दै आएको छ ।

जुन सेरिजको नथिङ फोन फोर ए नेपाली बजारमा आई पुगेको छ । ८ जिवि र्याम, १२८ जिवि स्टोरेज, ८ जिवि र्याम २५६ जिवि स्टोरेज र १२ जिवि र्याम र २५६ जिवि स्टोरेज गरी नथिङ फोन फोर ए का तिन भेरियन्ट र ह्वाईट, ब्ल्याक, ब्लु र पिङ्क गरी चार भिन्न कलर अप्सनमा नेपाली बजारमा ल्याइएको हो ।

‘नथिङ्का उत्पादनहरू अत्यन्त प्रिमियम छन्’, सिजी मोबाईल्सका महाप्रबन्धक विनय जोशी भन्छन्, ‘प्रिमियम डिजाइन, प्रिमियम स्पेक्स्, प्रिमियम प्रोडक्ट तर एफोर्डेबल प्राईसिङ जसले नथिङलाई विश्वभरका टेक इन्थ्युजियास्टले धेरै नै मनपराउँछन् । नेपाली बजारमा पनि नथिङ स्मार्टफोन तथा एक्सेसोरीज्मा उपभोक्ताको ठुलो क्रेज रहेको हामीले पाएका छौँ ।’

५५ हजार नौ सय उनान्सय सुरुवाती मूल्य भएको नथिङ फोन फोर ए का सुरुवाती ग्राहकहरूलाई नथिङले ८ हजार नौ सय उनान्सय मूल्यको
सिएमएफ वड्स टु ए प्लस निःशुल्क प्रदान गर्ने भएको छ ।

नथिङले यसपटक आफ्नो फोर ए सेरिजलाई पूर्णतया क्यामेरा सेन्ट्रिक बनाएको छ । ७० एक्स अल्ट्रा जुम सहितको थ्रि क्यामेरा सेटअप भएको यो स्मार्टफोन सेग्मेन्टकै सबैभन्दा उत्कृष्ट क्यामेरा सेटअप भएको भनेर टेक रिभ्युअरहरुले भनेका छन् ।

एल्मुनियम फ्रेम, र नथिङको सिग्नेचर ट्रान्सप्यारेन्ट ग्लास ब्याक डिजाइन अनि ग्लिफ लाइटको संयोजनले यो फोन अत्यन्तै प्रिमियम देखिएको छ । आईपी ६८ डस्ट एण्ड वाटर रेसिस्टेन्स सर्टिफाईन नथिङ फोर एको बक्स भित्रै प्रिमियम फोन केस समेत प्रदान गरिएको छ । तिन जेनेरेसन सम्मको एण्डरोईड अपडेट प्रमिस गरिएको नथिङ फोर ए मा ब्लोटवेयर रहित क्लिन नथिङ ओएस प्रदान गरिएको छ ।

नथिङ ओएस पर्सनलाईजेसन र कस्टमाईजेसनमा सबैभन्दा राम्रो ओएस पनि हो ।

नथिङको सिग्नेचर एसेन्सियल एआई टुल सहित गुगल जेमिनी र च्याट जिपिटी जस्ता प्रिमियम एआई टुल्स इन्टिग्रेटेड गरिएका यी स्मार्टफोनमा स्न्यापड्रागन सेभेन एस जेन फोर प्रोसेसर प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =