काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू)
२०८२ चैत १ गते

काठमाडौँ । न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली भएको छ ।
आइतबार बिहानदेखि नै देशका उच्च भू–भागका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भएको छ ।
आज दिउँसोदेखि काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम बदलीसँगै देशका हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
यस्तै, हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको समेत सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

२०८२ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








