बढ्दो प्रदूषणबीच केन्ट एयर प्युरिफायर नेपाली बजारमा, परिवारलाई शुद्ध हावाको उपहार !

काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न सहरहरूमा वायु प्रदूषणको स्तर घातक बन्दै गएपछि सिजी इलेक्ट्रोनिक्सले ‘केन्ट’ ब्रान्डका अत्याधुनिक एयर प्युरिफायरहरू नेपाली बजारमा उपलब्ध गराएको छ । आधुनिक प्रविधि र प्रभावशाली कार्यक्षमतासहितका यी प्युरिफायरले घरभित्रको हावालाई शुद्ध, ताजा र सुरक्षित बनाउँदै परिवारको स्वास्थ्य रक्षामा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।
वायु प्रदूषणको जोखिम बढिरहेको वर्तमान अवस्थामा स्वच्छ हावा प्रत्येक परिवारका लागि विलासिता नभई अनिवार्य आवश्यकता बनेको छ । केन्ट एयर प्युरिफायरमा विश्वस्तरीय ‘हेपा’ (HEPA) प्रविधिको प्रयोग गरिएको छ, जसले हावामा रहेका अति सूक्ष्म धुलोका कण, धुवाँ, एलर्जेन, भाइरस र अन्य हानिकारक तत्वहरूलाई सफलतापूर्वक फिल्टर गरी स्वच्छ हावा प्रवाह गर्दछ ।
यस एयर प्युरिफायरको मुख्य विशेषता ‘रियल टाइम एयर प्युरिटी मनिटर’ हो, जसले कोठाभित्रको हावाको गुणस्तरलाई निरन्तर निगरानी गरिरहन्छ । साथै, यसमा रहेको ‘एयर क्वालिटी इन्डिकेटर’ ले हावाको अवस्थालाई स्पष्ट रूपमा देखाउने भएकाले प्रयोगकर्तालाई आफ्नो वरपरको हावा कति शुद्ध छ भन्ने कुरा सहजै बुझ्न मद्दत पुग्छ । हावालाई थप ताजा र कीटाणुरहित बनाउन यसमा ‘इनबिल्ट आयोनाइजर’ (Inbuilt Ionizer) समेत जडान गरिएको छ ।
आकर्षक एवं आधुनिक डिजाइनमा उपलब्ध यी प्युरिफायरहरू घर, विद्यालय तथा कार्यालयका लागि समेत उत्तिकै उपयुक्त छन् । उपभोक्ताको विश्वासलाई मध्यनजर गर्दै कम्पनीले यस उत्पादनमा १२ महिनाको वारेन्टी समेत उपलब्ध गराएको छ ।
उत्पादन सार्वजनिक गर्दै कम्पनीले भनेको छ, ‘हामीले नेपाली परिवारलाई सुरक्षित र शुद्ध हावा उपलब्ध गराउने उद्देश्यले केन्ट एयर प्युरिफायर बजारमा ल्याएका हौँ । यसले घरभित्रको वातावरणलाई स्वस्थ बनाई विशेषगरी बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य रक्षामा ठूलो सहयोग पुर्याउने विश्वास लिएका छौँ ।’








