सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा रविरत्न चुडाल पक्राउ

काठमाडौं । प्रहरीले रविरत्न चुडाललाई पक्राउ गरेको छ ।

उनीलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत झापाका स्थानीयलाई लक्षित गरी गालीगलौज गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले निर्वाचन जितेपछि चुडालले सामाजिक सञ्जालमा झापाका नागरिकलाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

एक प्रहरी अधिकारीका अनुसार चुडालविरुद्ध सुनसरी प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी मुद्दा दर्ता रहेको छ। सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार चुडाल नेकपा अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =