रवि–बालेनलाई बधाई दिँदै प्रदीपले भने: अहिलेको व्यवस्थामै पनि बहुमत ल्याउन सकिने रहेछ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम निर्वाचन २०८२ मा बहुमत हासिल गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले रास्वपा सभापति लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । ‘आम निर्वाचन २०८२ मा बहुमत प्राप्त गर्न सफल भएकोमा रास्वपा सभापति रवि लामिछानेजी र प्रधानमन्त्री उम्मेद्वार बालेन्द्र शाहजीलाई बधाई तथा सफल कार्यकालको शुभकामना !’ उनले भने ।
पौडेलले यस मत परिणामले अहिलेको व्यवस्थामै पनि बहुमत प्राप्त गर्न सकिने पुष्टि भएको उल्लेख गरेका छन् ।
अब बन्ने सरकारले देश र जनताको हितका लागि काम गर्ने विश्वास व्यक्त गर्दै त्यस्ता हरेक काममा आफ्नो साथ र समर्थन रहने प्रतिबद्धता उनले जनाएका छन् । ‘यस मत परिणामले अहिलेको व्यवस्थामै पनि बहुमत प्राप्त गर्न सकिने पुष्टि गरेको छ । अब बन्ने सरकारले देश र जनताको हितका लागि काम गर्ने विश्वास लिंदै त्यस्ता हरेक काममा हाम्रो साथ र समर्थन रहने प्रतिबद्धता जनाउँदछौं । साथै, दुरगामी महत्व राख्ने मुद्दाहरुमा साझा राष्ट्रिय सहमति निर्माण गर्न आह्वान गर्दछौं’ उनले भने ।
साथै, दीर्घकालीन महत्व राख्ने मुद्दाहरूमा साझा राष्ट्रिय सहमति निर्माण गर्न पनि उनले सबै पक्षलाई आह्वान गरेका छन् ।








