संखुवासभामा एमालेका डा. अर्जुनकुमार कार्की विजयी
२०८२ फागुन २६ गते

काठमाडौं । संखुवासभामा नेकपा एमालेले विजयी भएको छ । अन्तिम अतिजाअनुसार एमाले उम्मेदवार अर्जुनकुमार कार्की १५ हजार ६३६ मत पाएर विजयी भएका हुन् ।
लामो समयदेखि गैरसरकारी संस्थाहरूका लागि काम गरिरहेका कार्की अमेरिकाका लागि पूर्वराजदूत पनि हुन् । उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले १५ हजार मत पाए । मिङ्मा शेर्पा पर्यटन व्यवसायी हुन् ।
तेस्रो स्थानमा रहेका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत ल्याएका छन् । चौथो स्थानमा रहेकी श्रम संस्कृति पार्टीकी उम्मेदवार उमाकुमारी राईले ९ हजार ८५७ मत पाएकी छन् । योसँगै सबै निर्वाचन क्षेत्रहरूको नतिजा आइसकेको छ ।
२०८२ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित









