झापाको गौरादहका मेयर सुबेदीमाथि घरमै कुटपिट (भिडिओ)
२०८२ फागुन २५ गते

काठमाडौं । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुबेदीमाथि कुटपिट भएको छ ।
स्थानीय भिष्म सिटौलाले मेयर सुबेदीको घरमै पुगेर उनीमाथि हातपात गरेका हुन् । मादक पदार्थ सेवन गरेर घरमा आएर विवाद सुरु गरेपछि घटना भएको मेयर सुबेदीले बताएका छन् ।
मेयर सुबेदीका अनुसार सिटौला मादक पदार्थ सेवनको अवस्थामा घरमा आएर विभिन्न आरोप लगाउँदै विवाद गर्न थालेका थिए । आफूले सम्झाउने प्रयास गर्दा सिटौलाले हातपात गरेको उनले बताए ।
‘मादक पदार्थ सेवन गरेर मेरो घरमा आएर विवाद गर्न थाले । नानाथरी बोल्न थालेपछि सम्झाउन खोज्दा ममाथि हातपात भयो,’ मेयर सुबेदीले भने ।
घटनापछि हातपात गर्ने सिटौलालाई प्रहरीको जिम्मा लगाइएको मेयर सुबेदीले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८२ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित









