अहिलेसम्म ७६ लाख समानुपातिक मत गन्दा कसले कति पाए ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी रहँदा पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो फराकिलो अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको एकीकृत प्रणालीमा प्रविष्ट भएको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म ७६ लाख ६८ हजार ९९१ मत गणना भइसकेको छ ।

कुन दलको अवस्था कस्तो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी): पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३७ लाख १० हजार ७३० मतसहित पहिलो स्थानमा रहेको छ । यो कुल गणना भएको मतको करिब ४८.३८ प्रतिशत हो ।

नेपाली कांग्रेस (रुख): दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ लाख ५१ हजार ३४८ मत प्राप्त गरेको छ । कांग्रेसले सुरुवाती चरणदेखि नै दोस्रो स्थान सुरक्षित गरिरहेको छ ।

नेकपा एमाले (सूर्य): तेस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले १० लाख ५९ हजार ८५५ मत पाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (तारा): चौथो स्थानमा रहेको यस पार्टीले ५ लाख ४४ हजार ३६७ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो): २ लाख ६१ हजार १७० मत ।

श्रम संस्कृति पार्टी (हत्केला): २ लाख ४९ हजार ९३२ मत ।

जनता समाजवादी पार्टी, नेपाल (छाता): १ लाख १३ हजार ४०० मत ।

राष्ट्रिय परिवर्तन पार्टी: १ लाख ४ हजार ३१५ मत ।

जनमत पार्टी (लाउडस्पिकर): ४८ हजार ४९६ मत ।

नतिजा अनुसार एकल चिह्न चकिया (जाँतो) लिएर चुनाव लडेका विभिन्न दलहरूले ४० हजार ९७ मत प्राप्त गरेका छन् भने नेपाल मजदुर किसान पार्टीले ३८ हजार ३५० मत प्राप्त गरेको छ । मुलुकभरका विभिन्न मतदान स्थलबाट प्राप्त मतहरूलाई एकीकृत प्रणालीमा प्रविष्ट गर्ने कार्य अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =