नारीको सम्मान विना समाजको उन्नति असम्भव : बालेन शाह

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नारीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

रास्वपाबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका नेता शाहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै नारी जातिको महत्व र समाज निर्माणमा उनीहरूको भूमिकाबारे चर्चा गरेका हुन् । शाहले प्रसिद्ध संस्कृत श्लोक ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ॥’ उद्धृत गर्दै जहाँ नारीको पूजा र सम्मान हुन्छ, त्यहाँ देवताहरू प्रसन्न रहने उल्लेख गरेका छन् ।

नारीलाई जननी, अभिभावक र सहयात्रीको रूपमा चित्रण गर्दै उनले नारीको सम्मान विना समाजको उन्नति सम्भव नहुने बताएका छन् । आफ्नो सन्देशमा शाहले लेखेका छन्, ‘एक समुन्नत र सभ्य समाजको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा अडिएको हुन्छ । नारी केवल जननी मात्र नभएर हाम्रो अभिभावक र पथप्रदर्शक पनि हुन् ।’

मुलुकको राजनीतिक तथा सामाजिक रूपान्तरणमा महिलाहरूको योगदान अतुलनीय रहेको चर्चा गर्दै उनले आगामी दिनमा नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको सुनिश्चितताका लागि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =