ओखलढुंगामा ५ मतले रास्वपाका विश्‍वराज पोखरेल विजयी

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पार्दै पाेखरेल विजयी भएका हुन् ।

मत गणनाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेलले १३९५३ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका कुमार लुईटेलले १३९४८ प्राप्त गरेका छन् । तेस्तै, नेपाल कम्युनिष्ट पार्टीका अम्विर बाबु गुरुङ्गले ११२९६ मत पाउँदा एमालेकी अस्मिता थापाले १०७२० मत पाएकी छिन् ।
निर्वाचित पाेखरेल नेपाल प्रहरीका पूर्व एआइजी हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =