सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी, पराजित भए काँग्रेस सभापति
२०८२ फागुन २४ गते

सर्लाही । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् ।
आइतबार बिहान सम्पन्न मतगणना अनुसार सिंहले ३५ हजार ६८८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए ।
जितसँगै रास्वपाका सिंहले ह्याट्रिक पूरा गरेका छन् भने, सुध्रिएको काँग्रेसका सभापतिले हार बेहोरे ।
०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका सभापति थापाले काठमाडौँ ४ मा ह्याट्रिक जित पूरा गरेका थिए । यस पटक मधेस झरेर काँग्रेसको गड मानिएको ठाउँ बाटै थापाले हार बेहोरेका छन् ।
२०८२ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित









