मुगु बाहेक अन्य जिल्लामा मतगणना जारी, आइतबार साँझसम्म मतपरिणाम आईसक्ने

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात् देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।

निर्वाचन आयोगकाअनुसार मुगु जिल्ला बाहेक अन्य ७६ जिल्लामा मतगणना भइरहेको हो ।

मतपेटिका ढुवानीमा देखिएको समस्याका कारण मुगुमा भने मतगणना कार्य सुरु गर्न ढिलाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जी।सी। ले जानकारी दिए । उनकाअनुसार भौगोलिक विकटताका कारण मुगुमा मतपेटिका ढुवानी शनिवार बिहान मात्रै सकिएको हो । हाल सर्वदलीय बैठक बसेको र अपराह्न ४ बजेदेखि मतगणना सुचारु हुने जानकारी प्राप्त भएको उनले जानकारी दिए ।

यस्तै, सङ्खुवासभा र गोरखा जिल्लाका मतपेटिका पनि शनिवार बिहान मात्र हेलिकप्टरमार्फत ढुवानी गरिएको उनले जानकारी दिए । ती दुवै जिल्लामा अहिले मतगणना सुरु भइसकेको उनले बताए । आयोगकाअनुसार मतगणनासँगै परिणाम आउने क्रम पनि जारी रहेको छ । हालसम्म आयोगको प्रणालीमा ५४ जिल्लाको मतपरिणाम प्राप्त भइसकेको उनले जानकारी दिए ।

उनले शनिवार साँझसम्म धेरै निर्वाचन क्षेत्रको परिणाम आउने अपेक्षा गरिएको जानकारी दिए । शनिवारदेखि मतगणना सुरु भएका केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम भने आइतबार साँझसम्म सार्वजनिक गरिसक्ने उनको भनाई छ ।

उनले भने ‘हालसम्म देशभरका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी छ । एउटा मात्रै जिल्ला मुगु जिल्लाको ढुवानी कार्य भौगोलिक विकटताका कारण अलि समस्या भएको हुँदा अहिले सर्वदलीय बैठक बसिरहेको छ । अहिले ४ बजेबाट मतगणना सुचारु हुने जानकारी प्राप्त भएको छ भने सङ्खुवासभा र गोरखाको पनि हेलिकप्टरबाट आज बिहान मात्रै मतपेटिका ढुवानी भएको छ । ती दुई वटा जिल्लाको पनि मतगणना सुरु भइसकेको छ । अब मुगु जिल्ला बाहेक सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी छ । मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ । हालसम्म निर्वाचन आयोगको प्रणालीमा ५४ जिल्ला जिल्लाको मतपरिणाम प्राप्त भएको छ । आज साँझसम्म धेरै निर्वाचन क्षेत्रको परिणाम आईसक्छ । आजबाट मतगणना सुरु भएको केही निर्वाचन क्षेत्रको भोलीसम्म पनि जान सक्छ । भोली साँझसम्म मत परिणाम सार्वजनिक हुने आयोगको आकलन छ । समानुपातिकतर्फ अहिलेसम्म सरदर ३ लाख मतगणना भइसकेको देखिन्छ । जुन जुन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुन्छ, परिणाम घोषणा हुन्छ, ती निर्वाचन क्षेत्रहरूमा त्रमश समानुपातिक तर्फ पनि मतगणना भइरहेको छ ।’

प्रत्यक्षतर्फ मतगणना सम्पन्न भई परिणाम घोषणा भएका निर्वाचन क्षेत्रमा क्रमशः समानुपातिकतर्फको मतगणना पनि सँगसँगै भइरहेको उनले जानकारी दिए । उनकाअनुसार समानुपातिकतर्फ हालसम्म करिब तीन लाख मतगणना भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =