दाङ-२ र गुल्मी-२ मा पनि रास्वपा विजयी

काठमाडौँ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शङ्कर पोख्रेलले १५ हजार २८२ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५०९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले सात हजार ८० मत प्राप्त गरेका छन् ।

गुल्मी–२ मा रास्वपाका पन्थी विजयी

गुल्मी, २३ फागुनः गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार गोकर्ण बिष्टलाई ५६१ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार पन्थीले १६ हजार ९६७ र बिष्टले १६ हजार ४०६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =