भक्तपर–२ मा रास्वपाका खत्री विजयी

भक्तपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन् ।

उनले ४२ हजार ३३४ मत प्राप्त गरे ।

यस क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेतले ११ हजार ९६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम विसीले जानकारी दिए ।

यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =