सुलभसँग ४३ हजार मतान्तरले हारे विष्णु पौडेल

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले ऐतिहासिक जित हासिल गरेका छन् । निर्वाचन आयोगको पछिल्लो घोषणा अनुसार, भारी मतान्तरसहित खरेलले नेकपा एमालेका प्रभावशाली नेता विष्णु पौडेललाई पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै संसद्को यात्रा तय गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले केवल १२ हजार ८६१ मत मात्र प्राप्त गरे । खरेल र पौडेलबीचको मतान्तर ४३ हजार ६८९ रहेको छ ।

पराजित पौडेल यसअघि सोही क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका थिए । तर, यस पटकको निर्वाचनमा रास्वपाको उदयले उनको विरासतलाई धक्का पुर्‍याएको छ ।

त्यस्तै, चुनावी मैदानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल ९ हजार ३९२ मतका साथ तेस्रो स्थानमा रहेका छन् । नेकपाका सुभाष पाण्डेले भने १ हजार ४०९ मत मात्रै बटुल्न सफल भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =