बझाङमा एमालेका ऐन महर विजयी, हारे कांग्रेस सहमहामन्त्री

काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङबाट नेकपा (एमाले) का उम्मेदवार ऐन महर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार १८ हजार ४१५ मत प्राप्त गर्दै महरले जित हात पारेका हुन् ।

उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १६ हजार २९ मत प्राप्त गरे । महर र स्नेहीबीचको मतान्तर २ हजार ३८६ रहेको छ । यस्तै, प्रतिस्पर्धामा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मीनबहादुर कुँवरले ९ हजार ७४८ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शैलेन्द्रकुमार सिंह ९ हजार २३४ मतमा सीमित भए ।

अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष समेत रहेका महरका लागि यो जित राजनीतिक पुनरागमनको रूपमा हेरिएको छ । यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीसँग ९९८ मतको झिनो अन्तरले पराजित भएका थिए । २०७६ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व सम्हालेका उनले यसपटक भने बझाङी मतदाताको विश्वास जित्दै संसदको यात्रा तय गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − six =