जितपछि महावीर पुनले भने, ‘चुनावमा हारेका प्रतिस्पर्धीहरूलाई उडाउन हुँदैन’

म्याग्दी । म्याग्दी १ बाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका महावीर पुनले विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरुलाई उडाउन नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै बेनीमा विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउन अनुरोध गरेका हुन् ।

उनले लेखेका छन्, ‘बेनीमा विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनु होला । किन भने विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरुलाई उडाउन हुन्न । आउँदो दिनहरूमा विपक्षीहरूसँग नै मिलेर म्याग्दीको विकासको लागि काम गर्नु पर्छ । अनि नारा, जुलुस, भोज भतेर जस्ता आडम्बरी कुराहरू मलाई पटक्कै मन पर्दैन । मेरो जीतमा खुसीयाली मनाउन चाहनु हुन्छ भने आफ्नो गाउँघरमा नै मनाउनु होला।’

पुनले २२ हजार ८५० मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =