तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी
२०८२ फागुन २३ गते

Untitled design - 1
काठमाडौँ । तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । निवर्चान अधिकृत कार्यालयका अनुसार एमालेका उम्मेदवार भानुभक्त ढकाललाई पछाडि पार्दै कांग्रेसका सन्तोष सुब्बा विजयी भएका हुन् ।
सुब्बाले निकटतम प्रतिस्पर्धी एमालेका ढकाललाई ८७९ मतले पछि पारेका हुन् । तेह्रथुममा विजयी भएका सुब्बाले ११ हजार ५६१ पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका ढकालले १० हजार ६८२ मत ल्याएका छन् । २०७९ को निर्वाचनमा तेह्रथुमबाट कांग्रेसकै सीता गुरुङ विजयी भएकी थिइन् ।
योसँगै कांग्रेसले अहिलेसम्म पाँच क्षेत्रमा जित निकालेको छ । मुस्ताङबाट खाता खोलेको कांग्रेसले मनाङ, रसुवा, र दैलेखमा जित हात पारेको हो।
२०८२ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








