९९ स्थानमा रास्वपा अगाडि
२०८२ फागुन २२ गते

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९९ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३९ निर्वाचन क्षेत्रमा हालसम्म रास्वपाका उम्मेदवार ९९ स्थानमा, नेपाली काँग्रेस र नेकपा (एमाले) का उम्मेदवार ९/१२ स्थानमा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार १० स्थानमा अगाडि छन् ।
यस्तै, श्रम संस्कृति पार्टीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् ।
हालसम्म रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौँ क्षेत्र नं १ बाट र काँग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन् ।
२०८२ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








