डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

काठमाडौँ । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा ताराप्रसाद जोशीले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार जोशीले एक हजार ५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका शेरसिंह मालले ५३० मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका नयनसिंह महरले ५०८, नेकपा (एमाले) का चक्रप्रसाद स्नेहीले ३१७ मत प्राप्त गरेका छन् ।

यहाँ ९० हजार ४०३ मतदाता भएकामा मत ४५ हजार ९०९ खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १३ जना प्रत्यासी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =