रुपन्देहीमा मतदान जारी: उत्साहजनक सहभागिता
२०८२ फागुन २१ गते

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही जिल्लामा मतदान जारी छ ।
बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ । रुपन्देही क्षेत्र नम्बर १ (देवदह, रोहिणी र ओमसतिया) र क्षेत्र नम्बर ३ (सिद्धार्थनगर, शुद्धोधन र सियारी) का विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको लामो लाइन लागेको छ ।
विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलाहरूको सहभागिता निकै उत्साहजनक रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न रुपन्देही प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको एकीकृत सुरक्षा परिचालन गरिएको छ ।
२०८२ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








