मतदानपछि रेनु दाहालले भनिन् – म धेरै उत्साहित र खुसी छु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रेनु दाहालले मतदान गरेकी छन् । नेकपाबाट चितवन क्षेत्र नम्बर-३ मा उम्मेदवारसमेत रहेकी दाहालले सुन्दरबस्ती स्कुल मतदान केन्द्र पुगेर मतदान गरेकी हुन् ।

मतदानपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै आफु धेरै उत्साहित र खुसी भएकाे बताइन् ।

उनले भनिन्, ‘आफ्नो अमूल्य मत चाहिँ योग्य उम्मेदवारलाई दिनुस् । योग्य व्यक्ति छान्नुस् । खासगरेर काम गर्न सक्ने, कामबाट प्रमाणित भएको र इमान्दर जनप्रतिनिधि, जनताको स्वच्छ प्रतिनिधि छान्ने अधिकार तपाईंहरूको हातमा छ । त्यसका कारण आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकारलाई विवेकको प्रयोग गर्नुहोस् । यसलाई आवेगमा आएर हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नहोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =