श्रीमतीको हत्या आरोपमा हरिहरपुरगढीका वीरबहादुर पक्राउ

काठमाडौँ । आफ्नै श्रीमती ४६ वर्षीया रीता राईको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीका ४५ वर्षीय जिते भन्ने वीरबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार अभियुक्तले आइतबार अपराह्न श्रीमतीमाथि बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 2 =