एमाले नेता गुरुङ भन्छन्: सूर्य मन नपरे तारामा भोट हालौँ

वाम मत विभाजन दुर्भाग्य, तर बर्जुवातिर पलायन झन् घातकः गुरुङ

काठमाडौं । नेकपा एमालेका नेता बेदबहादुर गुरुङले नेपालमा वामपन्थी कम्युनिस्ट शक्तिको मत आधार बलियो भए पनि विभाजनका कारण कमजोर देखिएको बताएका छन् । उनले वाम मत विभाजित हुनु दुर्भाग्यपूर्ण भए पनि त्यो मत कम्युनिस्ट पार्टीहरूबीच नै सर्ने गरेको विगत सकारात्मक रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार अघिल्ला निर्वाचनहरूमा नेकपा (माओवादी केन्द्र)को आकार बढ्दा एमाले कमजोर भएको र एमाले बलियो हुँदा माओवादीको आकार घटेको अवस्था देखिएको थियो । तर दुई पार्टी एकताबद्ध हुँदा भने झण्डै दुई तिहाइको अवस्थामा पुगेको स्मरण गरे ।

गुरुङले आगामी निर्वाचनलाई लक्षित गर्दै वाम मतदाताहरूलाई ‘मत परिवर्तन’का नाममा बर्जुवा पार्टीतर्फ नलाग्न चेतावनी दिएका छन् । उनका अनुसार यदि परम्परागत रूपमा वाम शक्तिलाई मत दिँदै आएका मतदाताहरू अन्य विचारधारात्मक धारका पार्टीतर्फ सरे भने उनीहरू पुनः वामपन्थी धारमा फर्किने सम्भावना न्यून हुने खतरा छ । यसले भविष्यमा नेपालका वामपन्थी कम्युनिस्ट पार्टीहरू रक्षात्मक र कमजोर बन्न सक्ने उनको तर्क छ ।

त्यसैले असन्तुष्टि भए पनि कम्युनिस्ट मत कम्युनिस्ट पार्टीभित्रै रहनुपर्ने उनले बताएका छन् । ‘आफ्नो पार्टीसँग चित्त नबुझे अर्को कम्युनिस्ट पार्टी रोजौँ, तर बर्जुवातिर मत सार्ने गल्ती नगरौँ,’ उनले भनेका छन् ।

उनले स्पष्ट रूपमा मतदातालाई एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । सूर्यमा पनि चित्त नबुझे कम्युनिस्ट धारकै अर्को पार्टीको तारा चिन्हमा मत दिन सुझाव दिएका छन् । अन्य पार्टीमा मत नहाल्न उनको अपिल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =