होली मनाउन सुरु, वसन्तपुरमा चीर पूजा गर्नेको भीड

काठमाडौं । नेपालीहरूको हर्षोल्लासको पर्व होली मनाउन सुरु गरिएको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर होली मनाउन सुरु गरिएको हो ।

फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदै छ । काठमाडौंको वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू उपस्थित हुन थालेका छन् । वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरू उपस्थित हुन थालेका छन् । साथै वसन्तपुर दरबार क्षेत्रमा हप्ता दिनअघि चीर ठड्याएर सुरु गरिएको चीर पूजा गर्ने मानिसहरूको यतिबेला भीड छ ।

आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदै छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । एक-अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । यतिबेला काठमाडौंका विभिन्न स्थानमा होलीको रौनकले वातावरण हर्षोल्लासमय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =