एकैदिन एक खर्बबढी रकम खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैदिन एक खर्बभन्दा बढी रकम वित्तीय बजारबाट झिक्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब १० अर्ब रुपैयाँ खिच्न बोलकबोल आब्हान गरेको छ ।

केन्द्रीय बैंकले ८७ दिन अवधिको अल्पकालीन उपकरणमार्फत एकै पटक ठूलो रकम बैंकिङ प्रणालीबाट झिक्न लागेको हो ।

लामो समयदेखी बैंकिङ क्षेत्रमा अधिक तरलता (लगानी योग्य रकम) थुप्रिएकाे छ । यसअघि पनि पटक पटक केन्द्रीय बैंकले ठूलो रकम वित्तीय प्रणालीबाट खिच्दै आएको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन प्रक्रियाअन्तर्गत न्यूनतम आवेदन रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

बाँकी रकम भने निःशेष भागअनुसार बाँडफाँट गरिनेछ । निक्षेप संकलन कार्यक्रममा सहभागी हुन बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकबाट क, ख वा ग वर्गको इजाजतप्राप्त गरेको हुनुपर्नेछ । बोलकबोल प्रक्रियामार्फत निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ ।

राष्ट्र बैंकले संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =