इरानको विद्यालयमा इजरायली आक्रमणः ४० विद्यार्थीको मृत्यु, तेहरानमा पनि विस्फोट

एजेन्सी । इरानको होर्मोजगान प्रान्तस्थित एक विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या ४० पुगेको छ ।

दक्षिणी इरानको होर्मोजगान प्रान्तको मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको आक्रमणमा ठूलो मानवीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानको सरकारी समाचार संस्था आईआरएनएले आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको हो ।

यसअघि एल जजिराले प्रारम्भिक विवरण उद्धृत गर्दै पाँच जनाको मृत्यु भएको जनाएको थियो । पछि मृतकको संख्या बढेर २४ पुगेको समाचार सार्वजनिक गरिएको थियो । पछिल्लो विवरणअनुसार उक्त संख्या ४० पुगेको बताइएको छ ।

यसैबीच, राजधानी तेहरानसहित देशका विभिन्न सहरहरूमा विस्फोटका आवाज सुनिएको जनाइएको छ । तेहरानस्थित इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयसमेत निशानामा परेको दाबी गरिएको छ ।

घटनापछि क्षेत्रीय तनाव थप चुलिएको छ भने अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =