एन्फा लिग : भगवती र सातदोबाटोबीच गोलरहित बराबरी
२०८२ फागुन १३ गते

काठमाडौँ । एन्फा पुरुष राष्ट्रिय लिग फुटबल प्रतियोगितामा भगवती क्लब र सातदोबाटो युवा क्लबबीचको खेल बराबरिमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।
बराबरीसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् ।
२०८२ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








