क्यारिबियन सागरमा कथित लागूऔषध तस्करीको डुंगामाथि अमेरिकी सेनाको आक्रमण : ३ जनाको मृत्यु

काठमाडौं । अमेरिकी सेनाले क्यारिबियन सागरमा कथित लागूऔषध बोकेको डुंगामाथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ । यूएस साउदर्न कमान्डले सोमबार यो जानकारी दिएको हो ।

कमान्डले एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै भनेको छ, ‘खुफिया जानकारीका आधारमा यो डुंगा क्यारिबियनमा लागूऔषध तस्करीका ज्ञात रुटहरू प्रयोग गर्दै तस्करी कार्यमा संलग्न थियो ।’

यो कारबाहीमा तीन जना पुरुष ‘नार्को–टेररिस्ट’ हरू मारिएका छन् । अमेरिकी सेनाका कुनै पनि जवानलाई क्षति पुगेको छैन ।

यो घटना ट्रम्प प्रशासनले सेप्टेम्बरदेखि सुरु गरेको अभियानको हिस्सा हो । जसमा क्यारिबियन र पूर्वी प्रशान्त महासागरमा कथित लागूऔषध तस्करीका डुंगाहरूमाथि ४४ वटा आक्रमण गरिसकिएको छ । यी आक्रमणहरूमा कम्तीमा १५० जनाको मृत्यु भएको दाबी गरिएको छ ।

अमेरिकी सेनाले आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ, जसमा डुंगा विस्फोट भएको देखिन्छ । तर तस्करी भएको प्रमाण वा डुंगामा लागूऔषध भएको ठोस विवरण भने दिइएको छैन । यो अभियानलाई ट्रम्प प्रशासनले लागूऔषध तस्करी रोक्न आवश्यक कदम भने पनि आलोचकहरूले यसको वैधानिकता र प्रभावकारितामाथि प्रश्न उठाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =