एमाले छाडेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपामा प्रवेश
२०८२ फागुन ११ गते

काठमाडौं । नेकपा (एमाले)की निवर्तमान प्रतिनिधिसभा सदस्य सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् ।
सिरहाको गोलबजारमा सोमबार आयोजित विशेष कार्यक्रममा थपलियासहित एमालेका केही अन्य नेता तथा कार्यकर्ता रास्वपामा सामेल भएका हुन् ।
रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले उनीहरूलाई पार्टीमा विधिवत् स्वागत गरेका थिए ।
२०७९ को निर्वाचनमा खस आर्य समूहतर्फ समानुपातिक सांसद निर्वाचित भएकी थपलिया लामो समयदेखि एमालेमा सक्रिय थिइन् ।
केही समयअघि उनले एमाले सिरहा जिल्लामा परिवारवाद हाबी भएको तथा पुराना तथा इमानदार कार्यकर्ताको मूल्यांकन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।
२०८२ फागुन ११ गते
प्रतिक्रिया








