राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूति’ लोकापर्ण
२०८२ फागुन १० गते

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ आज दमकमा लोकापर्ण गरिएको छ ।
शाक्यले लेखेका जीवनका अनुभवहरु समेटिएको सङ्ग्रहको नवसंस्करण एक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।
एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उनिसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारीलगायतले संयुक्त रुपमा कृति लोकापर्ण गरे । कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकमाथि चर्चा गर्दै सहभागी वक्ताहरुले एमाले अध्यक्ष ओली दम्पतीको जीवनगाथा प्रेरणादायक भएको बताए ।
कार्यक्रममा लेखिका शाक्यले विभिन्न रोचक र भावुक क्षणहरु सुनाएकी थिइन् ।
२०८२ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित








