नवलपरासी पश्चिम–१ मा सयौं युवा नेपाली कांग्रेस प्रवेश

काठमाडौं । नवलपरासी पश्चिम–१ मा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यस क्षेत्रमा कांग्रेसप्रतिको आकर्षण उल्लेख्य रूपमा बढेको देखिएको हो ।

विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेको संख्या बढेको स्थानीय नेताहरूले बताएका छन् ।

बर्दघाट नगरपालिका–१२ भटौलिया मा आयोजित निर्वाचन प्रचार–प्रसार समिति कार्यालय उद्घाटन कार्यक्रममा ठूलो संख्यामा युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पश्चिम नवलपरासी–१ का उम्मेदवार विनोद चौधरीले नवप्रवेशीहरूलाई टीका–माला लगाएर स्वागत गरेका थिए ।

कांग्रेस प्रवेश गर्नेहरूमा मनु राणा, सन्तोष कुँवर, इसहाक अन्सारी, मनुराना भटौलिया, विजयी तिवारी, प्रज्वल थारु, कमल आचार्य विरही, विमानन्द चौधरी, गजनी चौधरी, दिवाकर भुसाल, लक्ष्मी भुसाल र श्याम पाथ्री लगायत रहेका छन् ।

स्वागत मन्तव्यका क्रममा उम्मेदवार चौधरीले युवाहरूको इच्छा र आकांक्षालाई सम्बोधन गर्न नेपाली कांग्रेस समयानुकूल परिवर्तनको मार्गमा अघि बढिरहेको बताए । उनका अनुसार पछिल्ला केही दिनमै सयौं युवा कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + five =