होटल उद्योगमा भएको लगानीको सुरक्षा राज्यले गर्नुपर्छ : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले होटल उद्योगमा भएको लगानीको सुरक्षण राज्यले गर्नुपर्ने बताएका छन् ।

उनले होटलमा धेरै लगानी भएको बताउँदै अहिलेसम्म त्यस्तो लगानीको सुरक्षण राज्यले गर्न नसकेको बताए । शुक्रवार राजधानीमा भएको एक कार्यक्रममा ढकालले भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रिय एयरर्पोट बन्ने भएपछि धेरै होटल बनेको तर चल्न अहिले धौधौ परिरहेको बताए ।

ढकालकाअनुसार सरकारले राम्रोसँग एयरपोर्ट नचलाइदिँदा त्यहाँका होटलहरु समेत धराशायी बनिरहेका छन् । सम्भावना भएका क्षेत्रमा सरकारले योजना बनाएर काम गनुर्पछ ।

पर्यटनलाई अघि बढाउन हबाइ उडानहरु बढाउनुपर्छ । हबाइ उडान बढाएर भैरहवा, पोखरालाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने उनको भनाइ छ ।

उपाध्यक्ष ढकालले भने–‘होटलमा धेरै लगानी भएको छ । भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रिय एयरपोर्ट बन्ने भनेर धेरै होटलहरु बन्यो । तर होटल क्षेत्रमा लगानी सुरक्षित हुन सकेको छैन । अहिले व्यवसायीहरु समस्यामा परेको अवस्था छ । सम्भावना भएका क्षेत्रमा सरकारले योजना बनाएर लगानीलाई संरक्षण गरेर पर्यटनलाई अघि बढाउनुपर्छ । पर्यटनलाई अघि बढाउन हबाइ उडानहरु बडाउनुपर्छ । हबाइ उडान बढाएर भैरहवा, पोखरालाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ । सरकारले १०–१५ ओटा हबाइ जहाज किनेर उडाउनुपर्छ र नउडाएसम्म पर्यटन प्रर्वद्धन हुने देखिँदैन ।’

उद्योगी पवन गोल्यानले नेपालमा पछिल्लो समय होमस्टेहरु बनिरहेपनि प्रचारप्रसारको अभाव देखिएको बताए । उनकाअनुसार विदेशमा भएका धेरै नेपालीले आफ्ना सन्तानलाई नेपालका होमस्टेहरुमा ल्याएर बसाल्न चाहन्छन् तर उनीहरुलाई कहाँ कहाँ होमस्टे छ भन्ने थाहै छैन ।

उद्योगी गोल्यानले भने, ‘म पछिल्लो ७–८ वर्षमा डाँडाकाडाँ हिँडे । होमस्टेहरु बनिरहेका छन् । कसरी थाहा पाउने ? त्यो छ भन्ने धेरैलाई थाहै छैन । अनलाइन पोर्टल बनाएर हुन्छ की के गरेर हुन्छ, त्यसको प्रचारप्रसार हुनुपर्यो । हरेक ठाउँका लागि छुट्टाछुट्टै भएपनि हुन्छ, त्यसखालका पोर्टलहरु बनाइनुपर्छ । अहिले विदेशमा बस्ने नेपाली होमस्टेमा बस्न चाहन्छन् नेपाल आएर उनीहरुले आफ्ना बच्चालाई होमस्टेमा राख्न चाहन्छन् तर कहाँ कहाँ त्यस्तो होमस्टे छ भन्ने थाह छैन ।’

लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्टले आधारभुत पूर्वाधारको पर्याप्तता भएका क्षेत्रहरुमा पर्यटन प्रवद्र्धन सम्भव रहेको बताए । उनकाअनुसार पर्यटक बढाउन बोर्डर, एयरपोर्ट, सडकहरु व्यवस्थित हुनुपर्छ । अहिले नेपालको धेरै क्षेत्रमा त्यो पुगिसकेकाले पर्यटन प्रवद्र्धन गर्न सम्भव रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =